रेशम चौधरीको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी मंगलबार

नेपालभ्युज

रेशम चौधरीको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी मंगलबार

काठमाडौँ ।   टिकापुर घटनाका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा बहस नसकिएपछि मंगलबार अर्को पेसी तोकिएको छ ।

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेका  चौधरी हाल डिल्लीबजार कारागारमा  कैद सजाय भुक्तान गरिरहेका छन् ।

चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउँ भनि दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा सोमबार बहसमा समय अभाव भएपछि मंगलबारका पेसी तोकिएको हो ।

२०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएर पटकपटक हेर्न नभ्याइनेमा परेको उक्त मुद्दा गत वैशाख २५ गतेको पेसीमा चढ्दा जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved