‘ए’ डिभिजन लिग : खुमलटारलाई हराउँदै मछिन्द्र उपाधितर्फ नजिकिँदै

नेपालभ्युज

‘ए’ डिभिजन लिग : खुमलटारलाई हराउँदै मछिन्द्र उपाधितर्फ नजिकिँदै

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेता मछिन्द्रले खुमलटारलाई ३–० गोलअन्तरले पराजित गरेको हो।

खेलको ४२औँ मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ७७औँ मिनेटमा ओलावाले अफिजले मछिन्द्रको लागि दोस्रो गोल गरे। ८३औँ मिनेटमा ओलावालेले मछिन्द्रको लागि तेस्रो गोल गरे।

यससँगै मछिन्द्र उपाधि दौडतर्फ नजिकि रहेको छ। १८ खेलबाट ३० अंक जोडेको मछिन्द्र अंक तालिकाको तेस्रो स्थानमा छ। १७ खेलबाट ३० अंक भएको चर्च ब्वाइज युनाइटेड भने दोस्रो स्थानमा छ। १८ खेलबाट ३१ अंकसहित जावलाखेल युथ क्लब शीर्ष स्थानमा छ। १७ अंक भएको खुमलटार भने लिगको पुछारमा छ।

यस्तै, त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा क्लब र संकटा क्लबबीचको खेल भने १–१ को बराबरीमा सकियो।

खेलको ५०औँ मिनेटमा अबायोमी फाकुन्लेले मानुयल नानाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए। ७२औँ मिनेटमा संकटाले पाएको पेनाल्टीमा आयुष घलानले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved