तस्वीरमा बूढानीलकण्ठको नित्य पूजा

तस्वीरमा बूढानीलकण्ठको नित्य पूजा

काठमाडौ। हिन्दु धर्मावलम्बीहरूले महादेव र नारायणको संयुक्त रूप अर्थात् ‘हरिहर’को रूपमा पुज्ने बूढानीलकण्ठको मुर्ति नेपालको प्राचीन मूर्तिहरू मध्य एक हो ।

यो मुर्ति विश्वकै प्राचीन ठूला हिन्दु मूर्तिहरूमा गनिन्छ। प्राचीन किम्बदन्ती अनुसार नीलकण्ठ नाम गरेका एकजना बुढा किसानले आफ्नो खेतमा बनाएको खलोबाट जति धान निकालेपनि खलो खाली नभएपछि उक्त ठाउँमा खनेर हेर्दा रगत निस्किएको र थप खन्दा सुतेको अवस्थामा हरिहरको मूर्ति भेटिएको उल्लेख छ।

यसरी खन्ने क्रममा मूर्तिको देब्रे खुट्टाको बुढी औँला काटिएर रगत बगेको थियो । यही किम्बदन्तीको आधारमा बूढानीलकण्ठलाई आफै उत्पत्ति भएको भन्ने जनविश्वास छ । अर्को प्रचलित किम्बदन्ती अनुसार द्वापर युगमा शिवपुरी राज्यका राजा सूर्यकेतुले हरेक वर्ष बद्रीनाथ र केदारनाथको दर्शन गरेर मात्र अन्न ग्रहण गर्दथे ।

समयकाल सँगै उनको उमेर ढल्कँदै गएपछि एक दिन उनले भगवान् बद्रीनाथ र केदारनाथलाई आफू बुढो भएको र त्यहाँ सम्म जान नसक्ने भएकोले एकै ठाउँमा बसिदिन आग्रह गरे । उनको आग्रहलाई स्वीकार गर्दै बद्रीनाथ र केदारनाथ एकैरुप भई बुढानीलकण्ठको रूपमा उक्त स्थानमा उत्पत्ति भएको जनविश्वास पनि छ ।

हिन्दु धर्मावलम्बीहरूले बुढानीलकण्ठलाई बद्रीनाथ र केदारनाथको संयुक्त प्रतिमूर्तिको रूपमा पुज्ने गर्दछन् । बद्रीनाथ र केदारनाथको यही संयुक्त रूपको दर्शन गर्न भारतबाट बर्सेनि हजारौँको सङ्ख्यामा भक्तजनहरू बुढानीलकण्ठ आउने गर्दछन् ।

बूढानीलकण्ठमा  हरेक बिहान ७:३० बजे नित्य पूजा हुने गर्दछ। १६ वर्ष मुनिका बटुकहरूबाट रुद्री पाठ, सोह्र शृंगारसहितका कर्म गरी विधिवत् रूपमा नित्य पूजा गर्ने प्रचलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved