‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै पुलिस रेलिगेसन बाहिर

नेपालभ्युज

‘ए’ डिभिजन लिग : संकटालाई हराउँदै पुलिस रेलिगेसन बाहिर

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराउँदै रेलिगेसन क्षेत्रबाट बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल पुलिसले संकटालाई २–१ ले पराजित गरेको हो।

यससँगै १७ खेलबाट १९ अंक जोडेको पुलिस ११ औँ स्थानमा उक्लिएको छ। १६ खेलबाट २० अंक जोडेको संकटा भने १० औँ स्थानमा छ।

पुलिसका लागि मोजेस ग्याबा र मोहमद आशिकले गोल गरे। संकटाको लागि भने निशान खड्काले गोल फर्काए।

खेलको आठौँ मिनेटमा मोजेसले गोल गर्दै नेपाल पुलिसलाई अग्रता दिलाए। २३ औँ मिनेटमा निशानले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। ७९ औँ मिनेटमा मोहमदले नेपाल पुलिसको लागि दोस्रो गोल गरे।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दीबीचको खेल भने १–१ गोलको बराबरीमा सकियो। मनाङको लागि निराजन धामीले गोल गरे भने अबायोमी फाकुन्लले हिमालयन शेर्पाको लागि गोल गरे।

खेलको १३ औँ मिनेटमा निराजनले गोल गर्दै मनाङलाई अग्रता दिलाए। ३५ औँ मिनेटमा फाकुनलेले हिमालयन शेर्पाको लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved