टोपबहादुर ‘बिरामी’ भएको पत्र कसले पुर्‍याएको थियो संसद् ?

नेपाल प्रहरीको सीआईबी टोलीले उक्त कार्यका लागि सहयोग माग्दै संसद् सचिवालयलाई पत्र लेखेको र सीसीटीभी फुटेज पनि लगेको हो ।

नेपालभ्युज

टोपबहादुर ‘बिरामी’ भएको पत्र कसले पुर्‍याएको थियो संसद् ?

काठमाडौं । नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी बिरामी भएको भन्ने व्यहोराको पत्र संसद् सचिवालयमा कसले पुर्‍याएको थियो भन्ने तथ्यको अनुसन्धानका लागि प्रहरीले सीसीटीभी फूटेज लिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा नाम मुछिएर पक्राउ पुर्जीसमेत जारी भएपछि फरार रहेका पूर्व उपप्रधानमन्त्री रायमाझी खोज्न सहज हुने भन्दै नेपाल प्रहरीले संसद् सचिवालयबाट सीसीटिभी फूटेज लिएको हो ।

नेपाल प्रहरीको सीआईबी टोलीले उक्त कार्यका लागि सहयोग माग्दै संसद् सचिवालयलाई पत्र लेखेको र सीसीटीभी फुटेज पनि लगेको हो ।

अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य रहेका रायमाझी १० दिनदेखि फरार छन् । तर, उनी फरार रहेकै बेलामा वैशाख २५ गते संसद् सचिवालयमा ‘बिरामी’ भएर संसद्‌मा उपस्थित हुन नसकेको भन्ने व्यहोराको पत्र पठाएका थिए । प्रहरीले सोही पत्र ल्याउने व्यक्तिको खोजी गरिरहेको बुझिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved