टोपबहादुर प्रकरणपछि एमालेभित्र ‘कर्नर’ मा पूर्वमाओवादी, तेस्रो वरीयताका रामबहादुर छैटौंमा

पहिलो वरीयताका सचिव लेखराज छैटौं वरीयताकी पद्मासँग

टोपबहादुर प्रकरणपछि एमालेभित्र पूर्वमाओवादी नेताहरू ‘कर्नर’मा पारिएका छन् । तेस्रो वरीयताका उपाध्यक्ष रामबहादुर थापा छैटौं वरीयतामा पुर्‍याइएका छन् । जारी बैठकमा थापाको स्थानमा सुवासचन्द्र नेम्वाङ देखिन्छन् ।

नेपालभ्युज

टोपबहादुर प्रकरणपछि एमालेभित्र ‘कर्नर’ मा पूर्वमाओवादी, तेस्रो वरीयताका रामबहादुर छैटौंमा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय, च्यासलमा जारी छ । बैठकमा सचिव टोपबहादुर रायमाझीबाहेक सबै पदाधिकारी उपस्थित छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको प्रकरणमा जोडिएका टोपबहादुर भने बैठकमा छैनन् ।

टोपबहादुर प्रकरणपछि एमालेभित्र पूर्वमाओवादी नेताहरू ‘कर्नर’मा पारिएका छन् । तेस्रो वरीयताका उपाध्यक्ष रामबहादुर थापा छैटौं वरीयतामा पुर्‍याइएका छन् । जारी बैठकमा थापाको स्थानमा सुवासचन्द्र नेम्वाङ देखिन्छन् । एमालेमा ६ उपाध्यक्ष छन् । जसमा थापाको यसअघिको वरीयता तेस्रो थियो । तर, जारी बैठकमा भने उनी छैटौं वरीयतामा पुर्‍याइएका छन् ।

२०७८ मंसिर १० देखि १७ गतेसम्म चलेको १०औं सौराहा महाधिवेशनपछि भक्तपुरमा मंसिर २६ गते बसेको बैठकले वरीयता तोकेको थियो । जसअनुसार थापा तेस्रो वरीयतामा थिए । एमालेको आधिकारिक वेबसाइटमा पनि थापाको वरीयता तेस्रो नै छ । तर, बैठकमा भने उनी छैटौंमा छन् । जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकातिर वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्ष र अर्कोतिर उपमहासचिव राखेका छन् भने सचिव र पार्टी आयोगका प्रमुखलाई आफू पछाडिको लहरमा क्रमबद्ध राखेका छन् ।

बैठकको क्रमबद्ध लहर हेर्दा १०औं महाधिवेशनले तय गरेको वरीयता र आधिकारिक वेबसाइटमा राखिएको वरीयता मिल्दैन । जहाँ स्पष्टरूपमा देख्न सकिन्छ कि— पूर्वमाओवादी नेताहरू ‘कर्नर’मा देखिन्छन् । बैठकको क्रमबद्ध आसन ग्रहण हेर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरू क्रमश: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापा छन् ।

 

एमालेको आधिकारिक बेसाइटमा भएको उपाध्यक्ष वरीयता 

यस्तै पहिलो वरीयताका सचिव लेखराज भट्ट पनि ‘कर्नर’ मै पारिएका छन् । बैठकमा उनी रामबहादुर थापाकै पछाडि देखिन्छन् । जसमा क्रमबद्धता मिलेको देखिँदैन । पहिलो वरीयताका सचिव उनी छैटौं वरीयताका सचिव पद्मा अर्यालसँगै देखिन्छन् ।

यसअघि निर्धारित वरीयता र वेबसाइटअनुसार भने लेखराज भट्टपछि मात्रै क्रमश: गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल आउँछन् । निलम्बनमा परेका अर्का सचिव टोपबहादुर रायमाझीको विवरण भने वेबसाइटबाट हटाइसकेको छ । जारी बैठकमा लेखराज भट्टको वरीयतामा छविलाल विश्वकर्मा छन् ।

एमालेको आधिकारिक वेबसाइटमा सचिव वरीयता ।
एमालेको आधिकारिक वेबसाइटमा सचिव वरीयता

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टसँगै मणि थापा, दावा लामा, गौरीशङ्कर चौधरी, लीलाबहादुर थापा, कृष्ण केसीलगायतका पूर्वमाओवादी नेताहरू अहिले एमालेमा छन् । २०७४ सालमा बनेको नेकपा फुट्दा यी नेताहरू एमालेको कित्तामा उभिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved