दिनहुँ स्तन मसाज गर्नुका फाइदा

नेपालभ्युज

दिनहुँ स्तन मसाज गर्नुका फाइदा

एजेन्सी । स्तन मसाज गर्दा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । त्यसैले तपाईं पनि आफ्नो स्तन दिनहुँ मसाज गरेर स्वस्थ राख्न सक्नुहुन्छ ।

सुत्केरी भएपछि कतिपय महिलालाई दुध नआउने वा कम आउने समस्या पनि देखिन्छ । यस्तोमा बच्चाले सही मात्रामा दुध पाउँदैन । त्यसैले दिनहुँ स्तन मसाज गरेर दुधको मात्रा बढाउन सक्नुहुन्छ ।

त्यस्तै दिनहुँ राम्रो तेलले मसाज गरेमा स्तन वरिपरि भएका स्ट्रेचमार्क्स हटाउन सकिन्छ । यसका लागि दिनहुँ मालिस गर्नुपर्दछ । तनावबाट छुट्कारा पाउन पनि स्तन मसाज गर्न सकिन्छ । यो मसाजले तपाईंको मुड फ्रेस र खुशी हुन्छ ।

यदि तपाईं आफ्नो स्तनको आकार बढाउन चाहनुहुन्छ भने पनि यो फाइदाजनक हुन्छ । नियमित रुपमा स्तनको मालिस गर्नाले सही आकार तथा साइज बढाउन सहयोग पुग्दछ ।

के तपाईंलाई थाहा छ ? दिनहुँ स्तनको मसाज गर्दा स्तन क्यान्सर भए नभएको थाहा पाउन पनि सकिन्छ । क्यान्सर भएको खण्डमा स्तनमा गाँठो बन्न सक्छ, जसको बारेमा मसाज गर्ने क्रममा थाहा हुन सक्छ ।

त्यस्तै यदि तपाईंको स्तन बच्चालाई चुसाउने क्रममा एकदमै कोमल वा खुकुलो भएका छन् भने पनि कडा गराउन सकिन्छ । स्तनलाई कसिलो बनाउन पनि मसाज फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved