थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved