सुत्नुअघि ल्वांग खानुका फाइदा

नेपालभ्युज

सुत्नुअघि ल्वांग खानुका फाइदा

एजेन्सी । रातमा सुत्नु अघि ल्वांग खानाले स्वास्थ्यमा कैयौं प्रकारका फाइदाहरु प्राप्त हुन्छन् । यसले इम्युनिटी बढ्छ साथै छालाका लागि पनि फाइदाजनक हुन्छ । आउनुहोस् जानौं सुत्नुअघि ल्वांग खानुका केही फाइदाहरुका बारेमा–

  •  ल्वांगको सेवनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट्सले रोग प्रतिरोधी क्षमतालाई बढाउँछ साथै शरीरमा हुने संक्रमणबाट पनि जोगाउँछ ।
  •  रातमा सुत्नुअघि ल्वांग खानाले पुरुषहरुलाई पनि फाइदा गर्छ । यसले उनीहरुको शारीरिक कमजोरी टाढा जान्छ साथै यौन स्वास्थ्य पनि राम्रो हुनुका साथै बाँझोपनबाट पनि छुट्कारा पाइन्छ ।
  •  सुत्नुअघि ल्वांगको सेवन गरेमा दाँतमा हुने दुखाई तथा किटाणु हुने खतरा कम हुन्छ । ल्वांग खाँदा गिँजा दुख्ने वा सुन्निने समस्या पनि कम हुन्छ ।
  •  ल्वांग छालाका कैयौं समस्याका लागि पनि रामवाण उपचार हो । यसमा एन्टीअक्सीडेन्ट्स, इन्फ्लामेटरी गुण आदि हुन्छन् जसले अनुहारमा आउने खटिराहरुको किटाणुलाई मार्ने काम गर्छ । साथै संक्रमण तथा डन्डीफोर आउने खतरा पनि कम हुन्छ ।
  •  रातमा ल्वांग खाएर सुतेमा पेटसँग जोडिएका समस्या जस्तै ग्यास, अपच तथा मलत्यागमा हुने कठिनाईबाट आराम पाइन्छ । यसले पेट सफा राख्ने काम गर्छ । रातमा ल्वांग मनतातो पानीसँग खान सक्नुहुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved