दार्चुलाको हिमपहिरोमा परेका थप एक जनाको शव फेला

नेपालभ्युज

दार्चुलाको हिमपहिरोमा परेका थप एक जनाको शव फेला

काठमाडौं। दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ ।

१९ वैशाखमा दार्चुलाको ब्यास गाउँ पालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेला पारेको हो ।

डोटीको जोरायल गाउँपालिका-२ कि २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छाङरु को टोलीले फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ

यसअघि ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved