गृहले गर्‍यो १८ जना एसपीलाई एसएसपीमा बढुवा (सूचीसहित)

नेपालभ्युज

गृहले गर्‍यो १८ जना एसपीलाई एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले   नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार उनीहरूलाई एसएसपीमा बढुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि भएको सिफारिसका आधारमा एसपीहरू एसएसपीमा बढुवा भएका हुन् । बढुवा हुनेमा  विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे रहेका छन् । यसैगरी  दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल मर्हजन बढुवा भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved