गर्मीमा डिहाइड्रेशनबाट बच्चे सजिलो उपाय

नेपालभ्युज

गर्मीमा डिहाइड्रेशनबाट बच्चे सजिलो उपाय

एजेन्सी । डिहाइड्रेशनबाट बच्नका लागि तपाईं आफूले केही कुराहरुको ख्याल राख्न सक्नुहुन्छ । जसलाई नियमित आफ्नो रुटिनमा समावेश गर्नुहोस् ।

कुनै पनि व्यायाम वा योग गर्नुभन्दा अगाडि एउटा केरा जरुर सेवन गर्नुहोस् । यसले तपाईंको शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउने काम गर्छ ।

बटर दुध एउटा प्राकृतिक प्रोबायोटिक हो । यो पोटाशियम तथा म्याग्नेशियम जस्ता खनिजहरुले भरिपूर्ण हुन्छ जसले तपाईंलाई हाइड्रेट राख्ने काम गर्छ ।

सूप पनि डिहाइड्रेशनबाट बच्ने एउटा राम्रो उपाय हो । खानपिनमा दिनमा एकपटक सकेसम्म सुप पिउनुहोस् ।

नरिवल पानीमा पनि सोडियम र पोटाशियमको मात्रा धेरै हुन्छ । गर्मी मौसममा डिहाइड्रेशनबाट बच्नका लागि यो एउटा राम्रो उपाय हुन सक्छ ।

स्याउको सानो टुक्रा काट्ने, कागती, पुदिना मिसाएर सरवत बनाएर पिउँदा फाइदा हुन्छ ।

सुन्तलाले तपाईंको शरीरमा इलेक्ट्रोलाइट सन्तुलित राख्छ र डिहाइड्रेशनबाट बचाउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved