बालकोटमा टोपबहादुर रायमाझी !

नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्नेबारे औपचारिक जानकारी कसैसँग छैन ।

नेपालभ्युज

बालकोटमा टोपबहादुर रायमाझी !

काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्नेबारे औपचारिक जानकारी कसैसँग छैन । आफ्नो नाममा पक्राउ पुर्जी जारी भएयता रायमाझी कसैको सम्पर्कमा छैनन् । उनको फोनसमेत अफ छ ।

नेपाल प्रहरी पनि रायमाझीबारे कुनै जानकारी नभएको बताउँछ । प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायत अहिलेसम्म खोजतलास नै जारी रहेको बताउँछन् । “उहाँ (टोपबहादुर रायमाझी) बारे थप जानकारी छैन प्रहरीसँग । खोजतलास जारी छ,” प्रवक्ता कडायतले भनेका छन् ।

तर, एक सूत्रले भने नेपालभ्यूजलाई रायमाझी एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा रहेको बतायो । यसबारे थप बोल्न नमानेको सूत्रले भनेको छ, “आइतबार उहाँ आफैँ प्रहरीकहाँ उपस्थित हुने रे !”

यसअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । वार्ताका क्रममा उनले ‘रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइन’ भनेर भनेका थिए । ओलीको उक्त अभिव्यक्तिले रायमाझी प्रहरीले पक्राउ गरिसकेको जनाउँछ । तर, प्रहरीले भने अनभिज्ञता प्रकट गर्छ । ओलीले दबाब बढाएपछि प्रहरी ‘ब्याक’ भएको बताइन्छ ।

बिहीबार बिहान रुपन्देहीको भैरहवामा देखिएका रायमाझी त्यसयता ‘गायब’ छन् । ठगी प्रकरणमा मुछिएपछि उनले रुपन्देहीबाटै अनुसन्धानमा प्रहरीलाई सघाउने बताएका थिए । रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved