संखुवासभा हेलिकोप्टर दुर्घटना : ५ जना गम्भीर घाइते, आर्मीको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

एकजना सकुशल

संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ मा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् ।

नेपालभ्युज

संखुवासभा हेलिकोप्टर दुर्घटना : ५ जना गम्भीर घाइते, आर्मीको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ मा भएको हेलिकोप्टर दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई नेपाल आर्मीको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ ।

गम्भीर घाइते हुनेहरूमा पाइलट, को-पाइलटसहित चालक दलका सदस्य छिरिङ शेर्पा, स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल छन् । हेलिकोप्टरमै रहेका एकजना भने सकुशल नै रहेको प्रहरीले बताएको छ ।

प्रहरीकाअनुसार माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानतिर लैजाँदै गर्दा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved