काठमाडौं प्रहरीकहाँ गिरफ्तारी दिन आउँदै टोपबहादुर

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छन्। प्रहरीलाई फोन गरेका उनले आफैँ काठमाडौं आएर प्रहरीलाई गिरफ्तारी दिन आउन लागेका हुन्।

नेपालभ्युज

काठमाडौं प्रहरीकहाँ गिरफ्तारी दिन आउँदै टोपबहादुर

काठमाडौं। नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आएका छन्। प्रहरीलाई फोन गरेका उनले आफैँ काठमाडौं आएर प्रहरीलाई गिरफ्तारी दिन आउन लागेका हुन्।

जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका थिए। आज बिहान रुपन्देही प्रहरी पक्राउ गरेको भनिएका उनी आफैँ काठमाडौं आउन लागेका हुन्। ‘‘२ बजेतिर आइपुग्छु भन्ने खबर पाएका छौँ’’, प्रहरी स्रोतले भन्यो।

रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ।

पक्राउ परेका भनिएका टोपबहादुर कहाँ छन् ? के सांसदलाई पक्राउ गर्न मिल्दैन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved