पक्राउ परेका भनिएका टोपबहादुर कहाँ छन् ? के सांसदलाई पक्राउ गर्न मिल्दैन?

सांसद भए पनि उनलाई पक्राउ समस्या नभएको प्रहरीको भनाइ छ । संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने केही प्रहरीको भनाइ छ। तर संसद् अधिवेशन चालु नरहेको हुँदा उनलाई पक्राउ गर्न कानुनले बाधा नपर्ने कानुनमा देखिन्छ।

नेपालभ्युज

पक्राउ परेका भनिएका टोपबहादुर कहाँ छन् ?  के सांसदलाई पक्राउ गर्न मिल्दैन?

काठमाडौं। बिहीबार बिहान ८ बजे नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा आए। भैरहवा प्रहरी उनीकहाँ पुग्यो।

रुपन्देही प्रहरीको नियन्त्रणमा टोपबहादुर परेपछि माथिल्लो निकायमा जानकारी गरायो। लगतै केही अधिकारीहरूले टोपबहादुर पक्राउ परेको सूचना चुहाए सञ्चारमाध्यमलाई। उनलाई बुद्ध एयरको जहाजमार्फत काठमाडौँ ल्याउन प्रहरीले तयारी गर्‍यो।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा बुधबारनै उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो। उनका छोरा सन्दीप बुधबार साँझ नै पक्राउ परेका थिए।

टोपबहादुर भने काठमाडौं आउन लागेको प्लेन टिकट रद्ध गरेर उतै लुके। तर, प्रहरी स्रोतका अनुसार बिहीबार बिहान प्रहरी र टोपबहादुरबीच सम्पर्क थियो। तर, उनलाई काठमाडौं ल्याउने तयारी गर्दैगर्दा फेरि प्रहरीको कुरा फेरियो, ‘टोपबहादुर हाम्रो सम्पर्कमा छैनन्।
रुपन्देही प्रहरीका डीएसपी श्यामु अर्यालले पनि ‘टोपबहादुर पक्राउ नपरेका’ बताए।

यता प्रहरी उच्च स्रोतका अनुसार, टोपबहादुर आफैँ प्रहरीमा उपस्थित हुने भएकाले अवसर दिएको बताउँछन्। उनलाई स्कटिङमार्फत काठमाडौं ल्याउने र काठमाडौं प्रहरीमा जान लिइने बताइएको छ।

प्रहरीले उनी सम्पर्कमा नभएको बताएपछि पक्राउ पुर्जी जारी भएका टोपबहादुर कहाँ छन् भन्नेबारे अहिले सर्वत्र चासो छ।
उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेको छ।

बुधबार साँझ गृहजिल्ला अर्घाखाँचीमा भएको एउटा कार्यक्रम सकेर रायमाझी बुटवल आएका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर अर्घाखाँचीबाट हिँडेका थिए। पछिल्लो समय उनको फोन स्विच अफ छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र रायमाझी अर्घाखाँचीको कार्यक्रममा सँगै थिए। उनीहरू दुई जना सँगै बुटवलसम्म आएका थिए।

रायमाझी बुधबार बुटवल बस्ने भन्दै एउटा होटलमा कोठा समेत रोकेका थिए। तर पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए। पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्कविहीन भएको हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले रायमाझी अहिलेसम्म पक्राउ नपरेको बताए।

के सांसदलाई पक्राउ गर्न पाइँदैन ?

सांसद भए पनि उनलाई पक्राउ समस्या नभएको प्रहरीको भनाइ छ । संसद् चलिरहेको बेलामा सांसदलाई पक्राउ गर्न नमिल्ने केही प्रहरीको भनाइ छ। तर संसद् अधिवेशन चालु नरहेको हुँदा उनलाई पक्राउ गर्न कानुनले बाधा नपर्ने विभिन्न कानुनमा देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved