प्रचण्डको सचिवालयको स्पष्टीकरण- बालुवाटारमा बैठक बोलाइएको होइन

नेपालभ्युज

प्रचण्डको सचिवालयको स्पष्टीकरण- बालुवाटारमा बैठक बोलाइएको होइन

काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार माओवादीको पदाधिकारी बैठक बालुवाटारमा नबोलाइएको  स्पष्ट पारेको छ।

प्रधानमन्त्री प्रचण्डका प्रेश संयोजक सुर्यकिरणले सामाजिक संजालमार्फत बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भनेर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी दिए ।

उनले पार्टीको औपचारिक बैठक पार्टी कार्यालय पेरिसडाँडामा नै बोलाउने गरिएको भन्दै बिहीबार प्रधानमन्त्रीले पदाधिकारीसँग सामान्य भेटघाट मात्र गर्ने बताए ।

‘केही सञ्चारमाध्यमहरुमा बालुवाटारमा भोलि (बिहीबार) माओवादी केन्द्रको पदाधिकारी बैठक भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ । पार्टीको औपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नै बोलाउने गरिएको छ’, उनले लेखेका छन्, ‘भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पदाधिकारी कमरेडहरुसँग सामान्य भेटघाट मात्र गर्नुहुने भएको जानकारी गराउछौं ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved