म्यानमारमा दुई हजार बन्दीलाई आममाफी

नेपालभ्युज

म्यानमारमा दुई हजार बन्दीलाई आममाफी

यांगुन। म्यान्मारको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुई वर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् ।

आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौंलाई कारगारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ ।

चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मङ्लबार उहाँले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

चीनले म्यान्मारको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैं तत्पर रहने बताउँदै आएको छ । म्यान्मामा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved