पीएसजीले गर्‍यो मेस्सीलाई निलम्बित

नेपालभ्युज

पीएसजीले गर्‍यो मेस्सीलाई निलम्बित

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिओनल मेस्सीलाई २ हप्ताको लागि निलम्बित गरेको छ।

साउदी अरेबियाको अनाधिकृत भ्रमणको लागि पीएसजीले मेस्सीलाई निलम्बन गरेको हो।

यससँगै मेस्सीले लिग–१ को ट्रोयेस र अज्याक्सियोसँगको खेल गुमाउने छन्। सो दौरान मेस्सी क्लबको सेवा सुविधाबाट पनि वञ्चित हुनेछन्।

मेस्सी सोमबारको पीएसजीको तालिममा अनुपस्थित थिए। पीएसजी लोरियन्टसँग २–१ गोलअन्तरले पराजित हुँदा मेस्सी साउदी अरेबियाको रियादमा थिए।

साउदी अरेबियाको पर्यटन राजदूत रहेका मेस्सीले अनुशासन तोडेको पीएसजीको ठम्याइ छ। सन् २०२१ मा पीएसजीमा आबद्ध भएका मेस्सीको २ वर्षको सम्झौँता यहि सिजन सकिँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved