माओवादी केन्द्रको दम्भले हामी दुःखी छौं : नेपाल

माओवादी केन्द्रको दम्भले हामी दुःखी छौं : नेपाल

सुर्खेत। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको दम्भका कारण आफूहरू दुःखी भएको बताएका छन् । पार्टीको प्रशिक्षणको सिलासिलामा सुर्खेत आएका नेपालले पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको त्यसबाट आफू दुःखी भएको बताएका हुन् ।

बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने गरेको र खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित भएको अध्यक्ष नेपालले बताए । उनले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नुस् । त्यसो हुनाले त्यो घमण्ड छोड्नुस्, समानताको व्यवहार गर्नुस् । मिलेर अगाडि बढ्नुस् ।’

उनले भने, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो । अर्काेले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो । अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ । थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे, फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नुस् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved