मिटरब्याजी पीडित र महावीर पुनको आन्दोलनमा पूर्वप्रधानमन्त्री डा.भट्टराईको साथ

नेपालभ्युज

मिटरब्याजी पीडित र महावीर पुनको आन्दोलनमा पूर्वप्रधानमन्त्री डा.भट्टराईको साथ

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजी पीडितलाई भेटेर उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

विगत २८ दिनदेखि विभिन्न ३० जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याजी पीडितलाई सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा भेटेर पूर्वप्रधानमन्त्री डा.भट्टराईले ऐक्यबद्धता जनाएका हुन् ।

डा.भट्टराईले मिटरब्याजी पीडितको पक्षमा तुरुन्त राजनीतिक निर्णय गरेर न्याय दिन सरकारसँग आग्रहसमेत गरेका छन् ।‘शान्तिवाटिकामा २८ दिनदेखि धर्नामा बसेका मिटरब्याज पीडितहरूप्रति नेसपाको ऐक्यबद्धता छ’ डा.भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णयगर्ने कुरा सरकारले गरोस् ।’

यसैगरी, डा. भट्टराईले आजै वैज्ञानिक डा. महावीर पुनले धर्ना बसिरहेको माइतीघर मण्डला पुगेर उनको आन्दोलनलाई पनि ऐक्यबद्धता जनाएका छन्।

उनले लेखेका छन्–‘अनुसन्धान, आविष्कार आदिकालागि सरकारले विकास बजेटको एक प्रतिशत छुट्याउनुपर्ने,आवश्यक कानुन-संरचना बनाउनुपर्ने लगायतका माग राखेर माइतीघर मण्डलमा सुरू गर्नुभएको धर्नाप्रति ऐक्यबद्धता ! मेरो प्रधानमन्त्री कालमा आविष्कार केन्द्र लगायतको पहल गरिएकोले सरकारले यी माग पूरा गरोस् भन्ने आग्रह गर्छु !’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved