खोकीको कडा औषधि अम्बाको पात

नेपालभ्युज

खोकीको कडा औषधि अम्बाको पात

एजेन्सी। अम्बासँगै यसको पात पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसको प्रयोगले खोकीबाट पनि राहत पाउन सकिन्छ । आउनुहोस् खोकी कम गर्न अम्बाको पातलाई कसरी प्रयोग गर्ने भन्नेबारे जानौं।

अम्बाको पातमा पनि म्याग्नेसियम, सल्फर, सोडियम, आइरन, क्याल्सियम जस्ता पोषक तत्त्वहरू पाइन्छन् । त्यसैले, अम्बाको पातको पानी पिउनाले खोकीमा एकदमै आराम पाइन्छ । यसका लागि एउटा भाँडोमा पानी राख्ने र अम्बाको केही पात मिसाए उमाल्ने । उमालेको पानी चिसो भएपछि छानेर पिउने । यसले खोकीसँगै रुघा पनि निको हुन्छ।

त्यस्तै, अम्बाको पातको काढा बनाएर पिउँदा पनि खोकीमा राहत मिल्छ । यसका लागि यसको काढा बनाउने र मरिच तथा ल्वाङ मिसाएर पिउन सकिन्छ । यसलाई पिउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । जसले गर्दा रुघाखोकीको संक्रमण कम हुन्छ ।

अम्बाको पातको धूलो पनि शरीर तथा फोक्सोको लागि फाइदाजनक मानिन्छ । त्यसका लागि अम्बाको पातको धूलोलाई मनतातो पानीसँग मिसाएर पिउन सकिन्छ । यसले फोक्सोमा हुने संक्रमणलाई कम गर्छ साथै फोक्सोमा जमेको म्यूकसलाई कम गरेर खोकीलाई निको बनाउँछ ।

त्यस्तै, अम्बाको पातलाई तपाईंले चियाको रूपमा पिउन पनि सक्नुहुन्छ । पातलाई उमाल्ने र साथमा अन्य आफूलाई मनपर्ने चिया मसलाहरू राखेर यसलाई बिहान चियाको रूपमा पिउन सकिन्छ । जसले गर्दा खोकीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved