दिनहुँ जौं को पानी पिउनुका फाइदा

नेपालभ्युज

दिनहुँ जौं को पानी पिउनुका फाइदा

एजेन्सी । शरीरलाई जरुरी पोषण प्रदान गर्नका लागि हिजोआज मानिसहरु सप्लीमेन्ट्सको सेवन गर्ने गर्दछन् । यस्ता सप्लीमेन्ट्सलाई लामो समय सेवन गर्नु हानिकारक हुन सक्छ । हामीसँग प्रकृतिमै यस्ता कैयौं खाद्य पदार्थहरु छन् जसको सेवनले हामी स्वस्थ हुन सक्छौं ।

त्यसैले विभिन्न सप्लीमेन्ट्स तथा भिटामिन क्याप्सुलहरुको सहारा किन लिने ? त्यसैले आज हामी त्यस्तै एउटा उपाय बताउनेछौं । जसको नियमित सेवनले धेरै हदसम्म शरीरमा चाहिने पोषक तत्वहरु प्राप्त हुन्छ । त्यो हो जौं को पानी । जौं एउटा अद्भुत अनाज हो । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । मानिस यसलाई पिठो बनाएर रोटी, सुप आदि बनाएर सेवन गर्दछन् ।

जौं मा भिटामिन बी कम्प्लेक्स, डायट्री फाइबर, आइरन, क्याल्सियम, जिंक, सेलेनियम तथा म्याग्नेशियम जस्ता जरुरी पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । यसमा एन्टीअक्सीडेन्ट्स र फाइटोकेमिकल्स पनि पाइन्छ । त्यसैले यसको सेवन एकदमै फाइदाजनक हुन्छ । जौं को सेवन मात्र नभएर दिनहुँ यसको पानी पिउँदा पनि शरीरलाई धेरै प्रकारका पोषक तत्वहरु प्राप्त हुन्छन् ।

कोलेस्ट्रोल कम गर्छ

रगतमा जम्मा भएको खराब कोलेस्ट्रोल कम गर्न तथा राम्रो कोलेस्ट्रोल बढाउन जौं को पानी एकदमै लाभदायक हुन्छ । यसको नियमित सेवन गर्नाले उच्च रक्तचाप तथा हृदयसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ ।

 सुगरको मात्रा नियन्त्रण

यदी तपाईं आफ्नो भोजनपछि एक कप जौं को पानी पिउनुहुन्छ भने यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्दछ । त्यसैले यो मधुमेहका रोगीहहरुका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

तौल नियन्त्रण  
यदी तपाईं प्राकृतिक तरिकाले तौल कम गर्न चाहनुहुन्छ वा तौललाई नियन्त्रण गर्न चाहनुहुन्छ भने पनि जौं को पानी एकदमै फाइदाजनक हुन्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ र मेटाबोलिज्म बढाउँछ । यसरी तपाईंको भोजनलाई राम्रोसँग पचाउने तथा धेरै क्यालोरीलाई कम गर्न मद्दत गर्छ ।

शरीरलाई डिटक्स गर्न
जौं को पानी पिउनाले शरीरबाट टाक्सिनहरु बाहिर निस्कछन् । यसले मृगौलालाई सफा राख्ने तथा यसको कार्यमा सुधार ल्याउने काम गर्छ । मृगौलालाई स्वस्थ राख्नका लागि पनि जौं को पानी एकदमै लाभदायक हुन्छ ।

जौं को पानी बनाउने विधि
एक कप जौं, एक दालचिनी तथा अदुवाको टुक्रा लिने । एक प्यानमा ५–६ कप पानी र सबै सामग्रीलाई राखेर १० मिनेटसम्म उमाल्ने । त्यसपछि उक्त पानीलाई एउटा भाँडोमा छानेर राख्ने र चिसो हुन दिने । अब यसमा एक चम्चा मह तथा कागतीको रस मिसाउने । त्यसपछि यसलाई सेवन गर्न सकिन्छ । यसलाई बिहान खाली पेट वा भोजनको केही मिनेट पछि यसको सेवन गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved