आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छुः डा. भण्डारी

नेपालभ्युज

आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छुः डा. भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न अभियान सञ्चालन गर्ने बताएका छन् ।

लामो उपचारपछि नेपाल फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नुनपरोस्, यो मेरो अभियान हुनेछ ।’

भण्डारी ३ फागुन २०७९ मा खाना पकाउने ग्यास चुहावटका कारण भएको आगलागीमा परी गम्भीर घाइते भएका थिए । उक्त घटनामा परी उनको आमाको निधन भएको थियो ।

हेर्नुहोस् भण्डारीको प्रेस वक्तव्य-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved