गर्मीमा किन हुन्छ ‘फूड पोइजनिंग’

नेपालभ्युज

गर्मीमा किन हुन्छ  ‘फूड पोइजनिंग’

एजेन्सी । जाडोको तुलनामा गर्मीमा ‘फूड पोइजनिंग’ को समस्या बढ्ने गर्दछ । ‘फूड पोइजनिंग’ को समस्या विशेषगरी बच्चामा तथा बुढाबुढीमा धेरै देखिन्छ । खराब खाना वा बासी खाना खानाले पनि ‘फूड पोइजनिंग’ को समस्या हुन सक्छ । हाम्रो खानामा जब ब्याक्टेरिया, भाइरस, रोगजन्य किटाणु आदि सम्पर्कमा आउँछन्, त्यतिबेला त्यो खाना खराब हुन्छ । यसबाहेक गर्मीमा बासी खानाले पनि प्रायः पेट दुखाउने गर्छ ।

‘फूड पोइजनिंग’ बाहेक गर्मीमा डिहाइड्रेशन तथा हिट स्ट्रोकको समस्या धेरै देखिन्छ । आखिर गर्मीमा ‘फूड पोइजनिंग’ को समस्याहरु किन धेरै देखिन्छन्, यसको पछाडि के छन् कारण आउनुहोस् जानौं ।

गर्मीमा ‘फूड पोइजनिंग’ बढ्नुको कारण
गर्मीमा ‘फूड पोइजनिंग’ हुनुका धेरै कारणहरु हुन सक्छन् । यस मौसममा हाम्रो पाचन प्रक्रिया एकदमै ढिलो हुन्छ त्यसैले खानेकुरा पनि त्यति राम्रोसँग पच्न पाउँदैन । यही कारणले नै गर्मीमा हल्का खाना खाने तथा पानी धेरै पिउने सल्लाह दिइन्छ । यसबाहेक गर्मीमा बढेको तापक्रमले रोगजन्य किटाणुहरु धेरै उत्पन्न गराउँछ जसले खानालाई दुषित गर्दछ । वातावरणमा हुने दुषित किटाणुले एकदमै छिटो खानालाई खराब गर्दछन् ।

‘फूड पोइजनिंग’को लक्षण

खराब खाना खाएको केहीबेरमा यसका लक्षणहरु तपाईंको शरीरमा आउन सक्छन् । यस्ता लक्षण कैयौं पटक केही दिनसम्म पनि रहन्छन् ।

१. पेटमा दुखाई वा एैंठन हुनु
२. वान्ता हुनु
३.ज्वरो आउनु
४. पखाला लाग्नु
५. चक्कर आउनु
६.थकान महसुस हुनु

 ध्यान दिने कुरा

१. गर्मी मौसममा आफ्नो खानपानको विशेष ख्याल राख्नुपर्दछ । धेरै भारी तथा मसालादार खानाबाट बच्नुपर्छ ।
२. बाहिरको खुल्ला राखिएको खाना यो मौसममा खानु हुँदैन । यस्तो खाना दुषित हुने धेरै सम्भावना हुन्छ ।
३. गर्मी मौसममा बासी खानबाट पनि बच्नु पर्दछ । बासी खाना राम्रोसँग पच्दैन जसले गर्दा ‘फूड पोइजनिंग’ को समस्या हुन सक्छ ।
४. खाना बनाउँदा तथा खाने समयमा सरसफाईलाई एकदमै ध्यान दिनु पर्दछ ।
५.भान्छा कोठालाई सफा राख्ने तथा खाना खानुअघि सफासँग हात धुने ।
६. काँचो वा आधा पाकेको खानाबाट बच्नुपर्छ । यस्तो भोजन छिटो दुषित हुन्छ ।
७. आफूलाई हाइडे«ट राख्नुपर्छ । मही, नरिवलको पानी तथा स्वस्थ पेय पदार्थहरु पिउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved