डाक्टरको घरमा नर्सको शंकास्पद मृत्यु, ‘सुसाइड डायरी’ समेत फेला

नेपालभ्युज

डाक्टरको घरमा नर्सको शंकास्पद मृत्यु, ‘सुसाइड डायरी’ समेत फेला

काठमाडौं। काठमाडौंको वीर अस्पतालमा कार्यरत एक नर्स अर्का डाक्टरको घरमा मृत फेला परेकी छन्। कान्ति बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा उनको शव भेटिएको हो। उनी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरू एक-अर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्महत्या गरेको प्रारम्भिक जानकारी आएको छ। काठमाडौं बोहराटारमा भएको घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

जानकारीअनुसार लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै ढकालकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी हुन्। केटाको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै श्रेष्ठले शनिबार केटाकै घर पुगेर ‘सुसाइड नोट’ लेखेपछि मृत्यु रोजेको बुझिएको छ।

प्रहरीका अनुसार श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा प्रेमी ढकालको घरमा शव भेटिएको हो । घट्नाको प्रारम्भिक अनुसन्धानले शनिबार अपराह्न ३ः३० देखि ४ बजेको समयमा अनुमाले आत्महत्या गरिसकेको देखिन्छ।

अनुमाको घर चितवनको नारायणगढमा रहेको र उनका आफन्त आएपछि घटना मा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी रहेको आफन्तको भनाइ छ।

अनुमा सोह्रखुट्टेमा कोठा लिएर बस्ने गरेको र बेला-बेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेको बुझिएको छ। अनुमाले विवाहका लागि पटक-पटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेको हुनसक्ने आफन्तको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved