ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

नेपालभ्युज

ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गा,  ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

शनिवार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोप डाँडाकी ५७ बर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो । 

घरभित्रै बसिरहनु भएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो । उपचारको लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको हो । ओखलढुङ्गामा चट्याङ लागेर यो महिनामा मात्रै दुई जनाको ज्यान गइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved