‘ए’ डिभिजन लिग : खुमलटारमाथि एपीएफको जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : खुमलटारमाथि एपीएफको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले खुमलटारलाई २–० गोलअन्तरले पराजित गरेको हो।

एपीएफको लागि अब्डोउ रमानी र अर्मान्ड बिडोमले गोल गरे। खेलको २६औँ मिनेटमा रमानी गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ७०औँ मिनेटमा भने बिमोडले एपीएफको लागि दोस्रो गोल गरे।

यससँगै पाँचौँ स्थानमा उक्लिएको एपीएफले १२ खेलबाट १७ अंक जोडेको छ। खुमलटारले भने १२ खेलबाट १३ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved