बाबुराम–रवीन्द्रको सञ्जालमा सवाल–जवाफ !

नेपालभ्युज

बाबुराम–रवीन्द्रको सञ्जालमा सवाल–जवाफ !

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको छ।

डा.भट्टराईले सामाजिक सञ्जालमार्फत वैकल्पिक राजनीति गर्नेहरूलाई विचारको अवमूल्यन नगर्न चेतावनी दिँदै ‘विचारभन्दा माथि देश’को हालत के भयो भनी टिप्पणी गरेका थिए्।

त्यसैको जवाफमा मिश्रले पनि सामाजिक सञ्जालबाटै उत्तर फर्काएका छन् । मिश्रले लेखेका छन्, कुरा अलि मिलेन, कुरा यस्तो हो–‘म विचारविहीन मान्छे हुँ भन्ने होइन। ‘विचारभन्दा माथि देश’ स्वयंमा एउटा विचार नै हो। तर, त्यो व्यक्तिगत विचारभन्दा पनि देशको हितलाई केन्द्रमा राखेर निर्माण गरिएको विचार हो। त्यसै कारणले नै ‘विचारभन्दा माथि देश’ भनिएको हो।’ विचार भन्दा माथि देश किताब खण्डमा !

डा.भट्टराईले ‘समाज,राज्य र राजनीति रहुन्जेल विचारधाराको अन्त्य हुँदैन।विचार यी सबैको मार्गदर्शक यन्त्र हो। अतः वैकल्पिक राजनीति गर्नेहरूले विचारको अवमूल्यन नगरौं’ भनेर सञ्जालमा लेखेपछि राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफ्नो ‘विचारभन्दा माथि देश’ दस्तावेजविरुद्ध डा.भट्टराईले गरेको टिप्पणीको जवाफ तुरुन्तै फर्काएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved