निर्वाचन आयोग भन्छ- शान्तिपूर्णरूपमा मतदान भइरहेको छ, मंसिर ४ को भन्दा धेरै मत खस्न सक्छ

चितवन २, बारा २ र तनहुँ १ मा मतदान भइरहेको छ । बिहान ७ बजेबाट जारी मतदान तीनवटै क्षेत्रमा शान्तिपूर्णरूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपालभ्युज

निर्वाचन आयोग भन्छ- शान्तिपूर्णरूपमा मतदान भइरहेको छ, मंसिर ४ को भन्दा धेरै मत खस्न सक्छ

काठमाडौं । चितवन २, बारा २ र तनहुँ १ मा मतदान भइरहेको छ । बिहान ७ बजेबाट जारी मतदान तीनवटै क्षेत्रमा शान्तिपूर्णरूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म कुनै क्षेत्रको स्थिति नियन्त्रणबाहिर नगएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपालभ्यूजलाई बताए । “अहिलेसम्म स्थिति नियन्त्रणबाहिर गएको छैन,” सहायक प्रवक्ता अर्यालले भने, “शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । स्थिति चिन्ताजनक छैन ।”

बारा २ मा भने सानो विवाद रहेको रिपोर्टिङ्ग आफूलाई भएको सहाय प्रवक्ता अर्यालले बताए । “त्यहाँ एउटा पार्टीका एकजना कार्यकर्ता नियन्त्रणमा रहेको रिपोर्टिङ्ग भएको छ,” उनले भनेका छन्, “त्यसबाहेक अरु मतदान केन्द्रमा शान्तिपूर्णरूपमै मतदान भइरहेको छ । कहीँ पनि अवाञ्छित घटनाहरू घटेका छैनन् ।”

उनकाअनुसार बिहान ११ बजेसम्म बारामा २५ प्रतिशतभन्दा बढी, चितवनमा ३० प्रतिशतभन्दा बढी र तनहुँमा २५ प्रतिशतभन्दा बढी मतदान भएको छ । सहायक प्रवक्ता अर्यालले मंसिर ४ को भन्दा बढी मत खस्ने विश्वास निर्वाचन आयोगको आकलन रहेको बताए । “मंसिर ४ को भन्दा बढी प्रतिशत मतदान हुन्छ भन्ने लागेको छ,” सहायक प्रवक्ता अर्यालले भने, ‘मिडिया कभरेजसँगै मतदाताहरूमा भएको निर्वाचन-ज्ञानले पनि त्यही बताउँछ ।’

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल तनहुँमै छन् । उनकाअनुसार त्यहाँ पनि शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । “शान्तिपूर्णरूपमा मतदान भइरहेको छ । मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । शारीरिकरूपमा अशक्त मतदाताहरूका लागि विशेष समयको व्यवस्था गरिएको छ । यहाँ त्यस्तो कुनै अवाञ्छित घटनाहरू भएका छैनन्, स्थिति नियन्त्रणमै छ,” उनले भने ।

उनले पनि अन्य दुई वटा क्षेत्रमा पनि शान्तिपूर्णरूपमै मतदान भइरहेको रिपोर्टिङ्ग रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved