नेपाली सेनामा जागिर खुल्यो, ४ हजार ५ सय सैन्य माग

नेपाली सेनामा ४ हजार ५ सय जनाको लागि आवेदन खुला गरिएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले ४५ सय जनशक्तिका लागि आवेदन खुला गरेको हो।

नेपालभ्युज

नेपाली सेनामा जागिर खुल्यो, ४ हजार ५ सय सैन्य माग

काठमाडौं। नेपाली सेनामा ४ हजार ५ सय जनाको लागि आवेदन खुला गरिएको छ। शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले ४५ सय जनशक्तिका लागि आवेदन खुला गरेको हो।

माग गरिएकामध्ये खुलातर्फ २ हजार ३५१ संख्या छ। यस्तै, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा ३५०÷३५० माग गरिएको सूचनामा उल्लेख गरिएको छ। यस्तै, सुनसरीमा ३०० र बाँकेमा २५० जनाका लागि आवेदन माग गरिएको छ।
छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाका अनुसार इच्छुकले अनलाइनमार्फत फारम भर्नसक्ने छन्। १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म फारम भर्न पाउने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved