आईपीएल: लगातार पाँच हारपछि दिल्लीको पहिलो जित, दिल्ली अझै पुछारमा

बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्लीले हारको श्रृंखला अन्त्य गरेको छ।

नेपालभ्युज

आईपीएल: लगातार पाँच हारपछि दिल्लीको पहिलो जित, दिल्ली अझै पुछारमा

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ।

बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्लीले हारको श्रृंखला अन्त्य गरेको छ।

बलरहरुको उत्कृष्ट प्रदर्शन र कप्तान डेविड वार्नरको अर्धशतकमा दिल्लीले पहिलो जित हात पारेको हो।  बलिङमा दिल्लीका इशान्त शर्मा, एनरिक नोर्किअ, अक्षर पटेल र कुलदिप यादवले समान २ विकेट लिए। मुकेश कुमारले १ विकेट लिए।

पहिलो जितपछि ६ खेलबाट २ अंक जोडेको दिल्ली अझै अंक तालिकाको पुछारमै छ । कोलकताको भने यो लगातार तेस्रो र समग्रमा चौथो हार हो। ६ खेलबाट ४ अंक जोडेको कोलकता आठौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved