‘ए’ डिभिजन लिग : थ्री स्टारले हिमालयन शेर्पालाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : थ्री स्टारले हिमालयन शेर्पालाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो।

थ्री स्टारको लागि लाकेन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो। खेलको १४औँ मिनेटमा लेफ्ट विङबाट आदित्य शाक्यले दिएको पासलाई लोकेनले पोष्टमा प्रहार गरे। हिमालयन शेर्पाका डिफेन्डर संजित राईले क्लियर गर्न खोजेको बल गोलमा परिणत भयो।

४८औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले पेनाल्टी गोल गर्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved