तस्वीरमा तालबाराही (फोटोफिचर)

नेपालभ्युज

तस्वीरमा तालबाराही (फोटोफिचर)

कास्की। पोखराको प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो तालबाराही। फेवातालको बीचमा अवस्थित यो मन्दिर, आफ्नो भौगोलिक अवस्थाले गर्दा पनि चर्चित छ। फेवातालको किनारबाट डुङ्गाको सहायताले मन्दिर जानुपर्ने हुँदा पोखरा आउने आन्तरिक एवम् बाह्य पर्यटकहरू धार्मिक र पर्यटकीय हिसाबले पनि एकपटक तालबाराही मन्दिर पुग्ने गर्दछन्।

मौसम खुलेको बेला मन्दिर क्षेत्रबाट माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको मनोरम दृश्य देख्न सकिन्छ। कोजाग्रत पूर्णिमा लगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ ।

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेको इतिहासमा पाइन्छ। यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि रहिआएको छ । प्राचीनकालमा त्यसस्थानमा माटाको ढिस्कामा एउटा शिला थियो र पछि मन्दिर स्थापना गरी बाराहीका रूपमा पुजिन थालिएको हो।

वि.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका हुन् । तर, यो स्वरूपको मन्दिर पनि जीर्ण भएकोले अहिले जगैदेखि भत्काई मन्दिरको पुननिर्माण सुरु गर्न लागिएको छ।

हाल पुरानो मन्दिर भत्काउने र भग्नावशेष सफा गर्ने कार्य चलिरहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved