भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं  ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले बुधबार उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि आज भारत प्रस्थान गरेका हुन् ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved