कर्णालीमा कांग्रेसभित्र आन्तरिक किचलो, देउवाको फोनपछि रोकियो शपथग्रहण

कर्णालीमा कांग्रेसभित्र आन्तरिक किचलो, देउवाको फोनपछि रोकियो शपथग्रहण

सुर्खेत । कांग्रेसभित्रको आन्तरिक किचलोका कारणले कर्णालीमा मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रोकिएको छ । आन्तरिक किचलोका कारणले कांग्रेसबाट मन्त्री बन्न लागेको तीनजनाको बुधबार ३ बजे हुने भनिएको मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको हो ।

मंगलबार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत– १ क बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा १ ख बाट निर्वाचित वेदराज सिंह र दैलेख–१ क बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका थिए ।

पोखरेल सामाजिक विकासमन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजनामन्त्री र बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुने निर्णय गरेको थियो ।

सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यमन्त्री शर्मालाई शपथ ग्रहण नगराउनका लागि फोन गरेको स्रोतले बताएको छ ।

जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको त्यस आधारमा अहिले तत्कालका लागि शपथग्रहण नगराउनका लागि प्रधानमन्त्री देउवाले मुख्यमन्त्री शर्मालाई फोन गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवाको आदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अवज्ञा गरेर आफ्नै तरिकाले मन्त्रीको नाम रिफारिस गरेपछि प्रधानमन्त्री देउवा असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो ।

कांग्रेस आन्तरिक किचलोका कारणले अब कर्णाली सरकार विस्तारमा सकस भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved