चितवन २ को चुनावी सरगर्मी (तस्वीरहरू)

वैशाख १० गते चितवन २ सँगै बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । दलहरू तीव्र तयारीमा जुटेका छन् ।

चितवन २ को चुनावी सरगर्मी (तस्वीरहरू)

चितवन । वैशाख १० गते चितवन २ सँगै बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । दलहरू उपनिर्वाचनको तीव्र तयारीमा जुटेका छन् ।

बारा २ र तनहुँ १ मा भन्दा बढी चुनावी सरगर्मी चितवन २ मा देखिन्छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार हुनुले पनि बढी चुनावी सरगर्मी देखिएको हो । अहिले घरदैलो कार्यक्रममा व्यस्त रवि यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३४ हजार मतान्तरका साथ निर्वाचित भएका थिए ।

सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जितनाराण श्रेष्ठ र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट रामप्रसाद न्यौपाने उम्मेदवार छन् । अहिले सबै उम्मेदवारहरू आफैँले जित्ने दाबीसहित घर-घर पुगिरहेका छन्, मत मागिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved