पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा देशभर ३६४ पीसीआर तथा १२४० एन्टिजेन परीक्षण हुँदा ९९ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो। कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार ५० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved