प्रधानमन्त्री हराएको सूचना सुनाउने रघुजीलाई रामहरिको प्रतिवाद

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री हराएको सूचना सुनाउने नेकपा (एमाले) का सांसद रघुजी पन्तको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । 

नेपालभ्युज

प्रधानमन्त्री हराएको सूचना सुनाउने रघुजीलाई रामहरिको प्रतिवाद

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री हराएको सूचना सुनाउने नेकपा (एमाले) का सांसद रघुजी पन्तको अभिव्यक्तिको प्रतिवाद गरेका छन् ।

आइतबार बसेको बैठकको शून्य समयमा रघुजीले प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको भन्दै व्यङ्ग्यात्मक कटाक्ष गरेका थिए । उनले भनेका थिए— नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार, हुलिया पहिले-पहिले कोट-पाइन्ट लगाउने गरेपनि हाल दौरा-सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको ७० नपुगेकोजस्तो देखिने, उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‌मा आउनै छाडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले ससद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहुन । उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ ।

प्रधानमन्त्रीप्रति रघुजीको व्यङ्ग्यात्मक कटाक्ष- उहाँलाई फेला पार्नेले संसद् भवनमा बुझाइदिनुहोला

रामहरिले भने रघुजीको यस्तो अभिव्यक्तिको प्रतिवाद गरेका छन् । उनले भनेका छन्, ‘भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो । आज ३ बजे शपथग्रहण छ भन्ने सुनेको छु । सूचना गर्ने माननीयज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ । दौरा सुरुवालमा जानुहोला  ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved