प्रधानमन्त्रीप्रति रघुजीको व्यङ्ग्यात्मक कटाक्ष- उहाँलाई फेला पार्नेले संसद् भवनमा बुझाइदिनुहोला

एमालेले प्रधानमन्त्री स्वयम्‌ बैठकमा उपस्थित भएर शून्य तथा विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताउँदै आएको छ । 

नेपालभ्युज

प्रधानमन्त्रीप्रति रघुजीको व्यङ्ग्यात्मक कटाक्ष- उहाँलाई फेला पार्नेले संसद् भवनमा बुझाइदिनुहोला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएको भन्दै व्यङ्ग्यत्मक आलोचना गरेको छ ।

आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले भनेका छन्, ‘प्रधानमन्त्रीलाई फेला पार्नुहुनेले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला ।’

त्यसअघि उनले भने, ‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार, हुलिया पहिले-पहिले कोट-पाइन्ट लगाउने गरेपनि हाल दौरा-सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको ७० नपुगेकोजस्तो देखिने, उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्‌मा आउनै छाडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले ससद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहुन । उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ ।’

एमालेले प्रधानमन्त्री स्वयम्‌ बैठकमा उपस्थित भएर शून्य तथा विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved