आईपीएल : पञ्जावले लखनउलाई २ विकेटले हरायो

नेपालभ्युज

आईपीएल : पञ्जावले लखनउलाई २ विकेटले हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको छ ।

घरेलु  टोली लखनउले दिएको १ सय ६० रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । पञ्जाबका सिकन्दर राजाले ५७ रनको अर्धशतकीय पारी खेले ।

लखनउका मार्क उड, रबि विष्णोइ र युद्धवीर सिंहले समान दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

लखनउका कप्तान केएल राहुलले अर्धशतक ७४ रन बनाए । पञ्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।

पञ्जाबले ५ खेलमा ६ अङ्क जोडेर अङ्कतालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ६ अङ्क नै रहेको लखनउ दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved