प्रधानमन्त्री प्रचण्डले आजदेखि पेरिसडाँडामा कार्यकर्तासँग नियमित भेटघाट गर्दै

 आजदेखि हरेक हप्ताको शुक्रवार  प्रधानमन्त्री एवं पार्टीका मन्त्रीहरुले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेट गर्ने कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले आजदेखि पेरिसडाँडामा कार्यकर्तासँग नियमित भेटघाट गर्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एवं नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले पार्टीका कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा भेटघाट शुभारम्भ गर्दैछन् ।

आजदेखि हरेक हप्ताको शुक्रवार  प्रधानमन्त्री एवं पार्टीका मन्त्रीहरुले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेट गर्ने कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।

पार्टीका कार्यकर्तालाई सिंहदरबारमा भेट गर्दा कामकाज प्रभावित हुने र सिंहदरबारमा सबैको पहुँच नहुने भएकाले पेरिसडाँडामै भेटघाटको व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved