कांग्रेस नेताहरू पुनः बालुवाटार प्रस्थान

नेपालभ्युज

कांग्रेस नेताहरू पुनः बालुवाटार प्रस्थान
फाइल फोटो । सोमबार बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा नेताहरू ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका छन् ।

सोमबार बिहान पनि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले, रास्वपाका नेताहरूसँग छलफल गरेका थिए । उनले त्यस क्रममा छुट्टाछुट्टै छलफल गरेका थिए । तर निष्कर्ष भने निस्किएको थिएन ।

आन्तरिक छलफलका लागि कांग्रेसले सोमबार दिउँसो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको थियो । बैठकबाट बाहिरिँदै कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्रीले बेलुका ५ बजे छलफलका लागि बोलाएको भन्दै त्यता जान लागेको बताए ।

उनले उपसपभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार जान लागेको बताए ।

उनले बालुवाटारमा आफूहरूले यसअघि राखेको अडान नै दोहोर्‍याउने बताए । केही निष्कर्ष निस्किने अवस्थामा भने छलफलकै क्रममा सोच्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved