अमेरिकी डलर देखाएर १८ लाख ठगी, ३ जना पक्राउ

नेपालभ्युज

अमेरिकी डलर देखाएर १८ लाख ठगी, ३ जना पक्राउ

काठमाडौं। अमेरिकी डलर देखाएर नेपाली रुपैयाँ १८ लाख ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई सिन्धुलीको खुर्कोट हैवारवेशीबाट  पक्राउ गरेको प्रहरीले जना‌एको छ  ।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका २४ वर्षीय श्याम तामाङ, २६ वर्षीय तेन्जेन पाइन र  २७ वर्षीय नारायण बहादुर पाइन रहेका छन् ।

उनीहरुको साथबाट  नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान र  मोबाइल ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved