छानबिन समितिमा रविको नाम लेख्न तयार नभए बजेटमा पनि अवरोध गर्ने कांग्रेसको चेतावनी

नेपालभ्युज

छानबिन समितिमा रविको नाम लेख्न तयार नभए बजेटमा पनि अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नजुटे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणमा पनि अवरोध गर्ने भएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

महतले भने, ‘‘संसदीय छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको छ । त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्नेछौँ ।’

बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने कांग्रेसको अडान यथावत् छ । नामै राख्न सत्तापक्ष तयार नहुने अहिलेसम्मको स्थिति छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved