रफाहमा इजराइली आक्रमणबाट म्याक्रोन ‘आक्रोशित’

नेपालभ्युज

रफाहमा इजराइली आक्रमणबाट म्याक्रोन ‘आक्रोशित’

पेरिस ।  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन् । उक्त आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“यो कारबाही बन्द हुनुपर्छ, प्यालेस्टिनी नागरिकहरूका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र छैन”, म्याक्रोनले अङ्ग्रेजीमा सामाजिक सञ्जाल एक्समा भनेका छन्, “म अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मान र तत्काल युद्धविरामको आह्वान गर्दछु ।”

हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयले रातभर भएको इजराइली आक्रमणमा मर्नेको सङ्ख्या बढेर ४५ पुगेको बताएको छ । आक्रमणमा शिविरमा आगो लागेपछि विस्थापित प्यालेस्टिनीहरू पालभित्रै जिउँदै जलेका थिए । मर्नेहरूमा धेरै महिला तथा बालबालिका रहेका छन् ।

इजराइली सेनाले आक्रमणमा मारिएका नागरिकहरूको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । उक्त आक्रमणको सम्पूर्ण अरब जगत्मा निन्दा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved