जसपा दर्ता खारेजी मागको उपेन्द्रको मुद्दा हेर्न नभ्याउनेमा

नेपालभ्युज

जसपा दर्ता खारेजी मागको उपेन्द्रको मुद्दा हेर्न नभ्याउनेमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल विभाजनसँग सम्बन्धित मुद्दा हेर्न नभ्याउनेमा परेको छ ।

सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको मुद्दा हेर्न नभ्याउनेमा परेको हो ।

जनता समाजवादी पार्टी, नेपाल छाडेर अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गरेपछि सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका नेताहरुले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भन्दै खारेजीको माग गरी सर्वोच्चमा रिट दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved