काठमाडौं । राप्रपाले प्रतिपक्षीको माग बेवास्ता गर्दै जबर्जस्ती संसद् चलाइएकोमा आपत्ति जनाएको छ । जेठ ११ गतेदेखि सुरु भइ सोमबार सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउन सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले जबर्जस्ती संसद् चलाउनु र धमाधम आफूखुसी निर्णय गर्दै जानु संसदीय मूल्य मान्यता र परम्परा विपरीत हो भन्ने राप्रपाले ठहर गरेको बताए ।
‘सम्पूर्ण प्रतिपक्षले सहकारी पीडितको समस्या समाधान र दोषीलाई कारबाही गर्न सरकारले प्रभावकारी काम गर्न नसकिरहेको सन्दर्भमा बलियो संसदीय समिति निर्माण गरी निष्पक्ष छानबिन गरेर पीडितलाई न्याय दिन र दोषीहरूलाई कारबाही गर्न माग गरिरहेको बेला प्रतिपक्षको मागलाई बेवास्ता गर्दै’ सदन चलाइएकोमा राप्रपाले असन्तुष्टि जनाएको हो ।
Facebook Comment
Comment