प्रचण्ड, ओली र लामिछानेबीच ‘निर्णायक’ छलफल हुँदै

नेपालभ्युज

प्रचण्ड, ओली र लामिछानेबीच ‘निर्णायक’ छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल हुँदैछ ।

उनीहरू सोमबार (आज) दिउँसो ३ बजे बालुवाटारमा जम्मा हुनेछन् । प्रधानमन्त्री प्रचण्डले साँझसम्म संसद्‌को ‘डेडलक’ हटाउने बताएका छन् । भोलि सदनमा बजेट पेस हुने भन्दै उनले आजै साँझसम्म डेडलक खुलाउन चाहेका छन् । त्यसका लागि ‘निर्णायक’ छलफल गर्न शीर्षस्थ तीन नेताहरू भेट्न लागेका हुन् ।

यसअघि बिहान मात्रै पनि दलहरूको बैठक बसेको थियो तर, सहमति जुटेन । सत्ता र प्रतिपक्षी दलले आ-आफ्नो अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो । तर, यस बैठकमा भने निर्णायक छलफल र निर्णय हुने नेताहरूले बताएका छन् ।

त्यसपछि उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसमेत मिसिने बुझिएको छ । कांग्रेसले दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ, जुन अहिले पनि जारी छ ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले बैठकले लचिलो भएर छलफल गर्ने र सहमतिमा पुग्ने प्रयास गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved