गर्भवतीले काजु खाँदा हुने ५ फाइदा

नेपालभ्युज

गर्भवतीले काजु खाँदा हुने ५ फाइदा

एजेन्सी ।  गर्भावस्थाका दौरान कतिपय महिलाहरुमा थकान तथा कमजोरी हुने गर्दछ । यस्तोमा काजु खाने गरेमा शरीरमा ऊर्जा आउने गर्दछ । यसमा म्याग्नेसियम, कार्बोहाइडे«ट्स र कपर जस्ता तत्व हुने गर्दछन् जसले तपाईंलाई उर्जावान बनाएको छ । जानौं  गर्भावस्थामा काजु खाएमा हुने फाइदा –

एनीमियाबाट जोगाउँछ

गर्भवती भएको बेला महिलामा एनीमिया हुने खतरा रहन्छ । काजुमा आइरन हुन्छ जसले शरीरमा रक्तकोषिकाको उत्पादन गर्ने काम गर्छ । जसले एनीमियाको खतरालाई कम गर्ने गर्दछ ।

 पेटका लागि फाइदाजनक

काजु खाँदा पेट सम्बन्धी कैयौं समस्याहरु जस्तै ग्यास, अपच, पेट फुल्ने जस्ता समस्याहरु कम गर्ने गर्दछ । यसमा फाइबरको मात्रा हुन्छ, जसले पेट फुल्ने सँगै मलत्याग गर्दा हुने समस्यालाई पनि क मगर्ने गर्दछ ।

 रगत जम्ने समस्या

कतिपय अवस्थामा गर्भवती महिलाहरुमा रगत जम्ने जस्तो समस्या पनि देखिन्छ । काजुमा भिटामिन प् को राम्रो मात्रा हुन्छ जसले शरीरमा रगत जम्ने समस्याबाट जोगाउँछ ।

हड्डी बलियो
काजुमा राम्रो मात्रामा म्याग्नेशियम र फस्फोरस जस्तो तत्व पाइन्छ । जसले हड्डीलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । यसलाई खाँदा ओस्टियोपोरोसिसको समस्या पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved